काठमाडौं । अत्यधिक घाटामा गएपछि नेपाल आयल निगमले अब मोटरसाइकललाई एक पटकमा ५ लिटरमात्रै पेट्रोल दिन प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै यस्तो प्रस्ताव गरेको बताएको छ ।
निगमले सरकारलाई पठाएको पत्रमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एकपटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-