काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।
बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको ज्ञवालीको भनाइ छ।
सोमबार संसद भवन परिसरमा पत्रकारमाझ उनले उक्त घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैं पुष्टि गरेको जिकीरसमेत गरे। उपमहासचिव ज्ञवालीले यो घटनामा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे।
उनले भने, ‘‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो। यसलाई लुकाउन यदि साँच्चै नै सीसीटीभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो।ु
प्रतिक्रिया लेख्नुहोस्:-