काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कृषि पेशा निर्वाहमुखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।
अध्यक्ष ओलीले आज पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी विभागको बैठकलाई सम्बोधन गर्दै नेपालको दिगो विकासको आधार कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे । स्रोत र सम्भावना अथाह हुँदाहुँदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाइ छ ।
कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनले बताए । अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाँझो राखेर देश उँभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-