काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको दुई दिने भेला सम्पन्न भएको छ। बिहीबार र शुक्रबार केन्द्रीय कार्यालय सानेपामा भएको भेलामा १४ बुँदे प्रतिवद्धता पारित भएको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।
उनका अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरूलाई पार्टी तहमा छलफल गरी आवश्यक्ता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन्।
जिल्ला सभापतिहरूले पार्टीको गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन्। जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-