काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादस्पद अभिव्यक्तिका कारण संसद्मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
उक्त अवरोधपछि रोकिएको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा दलहरुबीच सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-