काठमाडौं । उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई योग्यता नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनी २०७५ मा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-