काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् ।
आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।
पछिल्लो समयदेखि श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि जनआक्रोश बढ्दै गएको छ । जनता सरकारप्रति आक्रामक भएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उनी त्यहाँबाट भागेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-