काठमाडौं । नेकपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै संसदको अवरोध हट्ने अडान लिएका छन् ।
अध्यक्ष ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको प्रस्ट पारे ।
दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित रास्वा र राप्रपाले राजीनामा माग गरेपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको बताएको थियो। सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् रहेको विज्ञप्तिमा उल्लेख थियो।
ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे ।
प्रतिक्रिया लेख्नुहोस्:-