दूरबिन नेपाल, न्युयोर्क अमेरिका
नेपाल आदिवासी जनजाती महासंघ फिप्नाद्धारा नेपालको अति विपन्न तथा लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ । राउटे समुदायमा खाद्यान्न र टेन्ट सहित नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को टोली त्यस ठाउमा पुगेको थियो । “सबै ५३ राउटे परिवारलाई राहत वितरण गरीएको छ र यसकालागि सवै सहयोगी मनहरूप्रती लाखौ लाख धन्यवाद व्यक्त गर्दछौ” फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताएका छन ।
विशेष गरी नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर, नेफिन गुराँस गाउपालिका र समन्वयात्मक भुमिकाको लागि नेफिन केन्द्र साथै विदेश विभाग ईन्चार्ज गोविन्द छन्त्याल, गुराँस गाउँपालिकाका अध्यक्ष लगायतको सक्रियता र सहयोगमा फिप्नाको राहत राउटेसम्म पुगेको थियो । नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्येको राउटे जातिका मानिसहरुसंग व्याक्तिगत सम्पतीपनि छैन । आफूहरूलाई जंगलको मालिक ठान्ने नेपालका आदिवासी समुदायहरू मध्येका राउटे समुदायमा आजसम्म पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीको पहुंच छैन । यस्ता समुदायलाई राहत वितरण गनै पाउदा निकै आत्मसन्तुष्टि मिलेको फिप्नाका अध्यक्ष चेम्जोङले बताए ।
फिप्नाले अहिलेपनि देशका विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण गरिरहेको छ । आषाढ २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं १मा ६० घर मुसर समुदायलाई अषाढ २२ गते खाद्यान्न वितरण गरिएको थियो भने दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा १ र ५ मा ५३ परिवारलाई आषाढ २५ गते, धनकुटाको लेउती कोरिडोरका ६५ परिवार मजदुरहरूलाई रहात वितरण गरिएको थियो । त्यस्तै, अषाढ २६ गते, मकवानपुरको राक्सिराँङ गाउपालिका वडा न ५ मा वितरण गरियो । त्यस्तै सुनसरीको मधुवन कोशी टप्पु, कोशी गाउंपालिकाका ४० परिवार मजदुरहरूलाई अषाढ २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरीने फिप्नाले जनाएको छ । प्रति परिवारलाई २५ किलो चामाल, २ किलो दाल, एक लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरीने छ । साथै उपत्यकामा प्रत्येक दिन ३०० जनालाई खाना वितरण गरीरहेको छ भने उपत्यकामा रहेका घरबाहविहिनहरूलाई २० वटा त्रिपाल वितरण गरीएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउँपालिका , स्थानिय संघसंस्थाहरू , नेफिन शाखाहरू , फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गरीरहेका फिप्नाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-