दुरबिन नेपाल, न्युयोर्क
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले जुलाई ९, २०२० मा तेस्रो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको छ । फाउण्डेशनले निशुल्क खाद्यान्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ सस्थाहरु मार्फत गर्ने उद्धेश्यले जुन ९ मा दुग्ध वितरण गरेको अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन । रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो ।
स्टार्जमेनले फाउण्डेशनलाई ८ प्यालेट्स शुद्व दुध, (१५३६ ग्यालन अर्थात् ५८१४ लिटर) सहयोग स्वरुप प्रधान गरेका थिए भने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, लिएर वेरहाउस बाट आफैं उठाएका थिए । कार्यक्रममा युनाईटेड शेर्पा एसोसिएसन यु एस ऐ इन्क का अध्यक्ष उर्गेन शेर्पा मार्फत ४०० ग्यालन दुध, रिजहुड नेपालिज सोसाईटिलाई संस्थाका सदस्य एवम् ने.का. नेता विनोद सुवेदी मार्फत १०० ग्यालन दुध, नेपाल तरुण दल अमेरिकालाई संस्थाका उपाध्यक्ष अनन्तराज सुवेदि मार्फत १०० ग्यालन दुध, द टिब्बेटन कम्युनिटी अफ न्युयोर्क–न्यु जर्सीलाई सस्थां कि मेनेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत २०० ग्यालन दुध, ने.का. युवा नेता अनिल पाण्डे मार्फत ३०० ग्यालन दुध फाउण्डेशनले हस्तान्तरण गरेको थियो ।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने दिपक गौतम, लक्ष्मण पुन मगर, प्रधुम्न रायमाझी, प्रेमलाल बुढा मगर, राम अधिकारी, नारायण भट्टराई, कुन्जन पौडेल लगायतले स्वयमसेवीका रुपमा सहयोग गरेका थिए । फाउण्डेशनले जेमि फायन बिन(सन्निसाईड साइन्स की कार्यकारी निर्देशक सँग सहकार्य गर्दै ५० बक्स मिक्स शुद्व तरकारीहरु एन आर एन अमेरिकाका सल्लाहकार एवम् ने.का. नेता श्याम काजि गुरुङ, अनन्तराज सुवेदि, अनिल पाण्डे लाई हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाद्यान्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका सम्पन्न गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-