Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भगीरथ योगीको नेतृत्वमा गैर आवासीय नेपाली पत्रकार महासङ्घ

असार २६, २०७८ ७:११ मा प्रकाशित
भगीरथ योगीको नेतृत्वमा गैर आवासीय नेपाली पत्रकार महासङ्घ
Share on FacebookShare on Twitter

अमेरिका । बी बी सी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीको नेतृत्वमा गैर आवासीय नेपाली पत्रकार महासङ्घ स्थापना भएको छ । माहासंघद्वारा शुक्रवार जारी विज्ञप्तिमा नेपाल बाहिर विभिन्न देशमा रहेका नेपाली मूलका पत्रकारहरूलाई समेट्दै र सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै पेसागत अधिकार र क्षमता अभिबृद्धिका लागि काम गर्ने जनाएको छ । महासङ्घ विधिवत ढङ्गले दर्ता गर्ने र कार्यसमितिलाई पूर्णता दिने उल्लेख  छ ।

भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो।

महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको ‘गैरआवासीय नेपाली’ को परिभाषा महासंघमा लागू नहुने जनएको छ।  महासंघले नेपाल बाहिर भारत लगायतका मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्य समिति गठन गरिसक्ने जनाएको छ।  महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन्।

महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका) रहेका छन्।  त्यस्तै उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन्।  यसै गरी सचिवहरूमा अनिल अधिकारी  (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन्।  त्यस्तै सल्लाहकारहरुमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) रहेका छन्। जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ।

गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने  जनाइएको छ ।

“गएको एक दशकमा नेपाल बाहिर नेपाली अनलाइन पोर्टल लगायतका  संचारमाध्यमहरुको उल्लेख्य वृद्धि भएको छ।  तर तिनको दीगोपना र गुणस्तरमा समस्या देखिएको छ।  त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारहरुलाई मान्य हुने गरी आचारसंहिताको विकास गर्नु पर्ने आवश्यकता पनि देखिएको छ,” महासंघका संस्थापक अध्यक्ष योगीले भने।  “त्यसैले अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारहरुका संस्थाहरुसंग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरु बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको हो। ”

त्यसैगरी संस्थापक महासचिव कृष्ण केसीले गैरआवासीय नेपाली संघसंग आफुहरुले सहकार्य गर्दै अगाडी बढ्ने बताए।  “एनआरएनएका रचनात्मक कामहरुको समर्थन गर्ने र गलत प्रवृत्ति विरुद्ध  खबरदारी गर्ने काम हामीले गर्ने छौं,” उनले भने।  उनले कुनै पनि संघसंस्थासंग प्रतिस्पर्द्धा गर्न नभै सहकार्य गर्न आफुहरु अगाडी आएको बताए।

महासंघले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली  पहिचानको प्रवर्द्धनका लागि काम गर्ने जनाएको छ।

त्यस्तै लोकतन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको प्रतिरक्षाका साथै पत्रकारिता एवम् सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने पनि महासंघले जनाएको छ।

महासंघमा प्रवासमा क्रियाशील पत्रकारहरु सदस्य बन्न सक्ने छन् भने पत्रकारहरुका संघ संस्था एसोसियट सदस्य बन्न सक्ने छन्।  त्यस्तै महासंघले मानार्थ सदस्यता पनि दिन सक्ने छ।

संघका शाखा खुलेका हरेक मुलुकमा राष्ट्रिय संयोजक रहने छन्। राष्ट्रिय संयोजकको नेतृत्वमा सदस्य संख्याका आधारमा एउटा बिजोर संख्या रहनेगरी कार्यसमिति गठन हुनेछ। राष्ट्रिय  संयोजक स्वत केन्द्रिय सदस्य हुनेछन। बीचमा खालि हुन आएका पदमा त्यो भन्दा तल्लो तहकाले स्वत: पदोन्नति पाउने छन्।

महासंघको नेतृत्व चयन ‘रोल मोडल’ का रुपमा अघि बढाइने,  हरेक २३ महिना २९ दिन अर्थात २४ महिना पुग्नु एक दिन अगाडी सो पदमा एक तह मुनिका पदीय ब्यक्ति स्वत: पदस्थापन हुने प्रस्ताव गरिएको छ  । नेपाली संस्थाहरुमा निर्वाचनका क्रममा देखिएको गुटबन्दी तथा विकृति हटाउन नेतृत्वको क्रमशः विकास गरी नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएको पनि महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर
ट्रेन्डिंग न्यूज्

रेशम चौधरीको कैद मिनाहा

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
मुख्य समाचार

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा
ट्रेन्डिंग न्यूज्

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान
ट्रेन्डिंग न्यूज्

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान

सरकारको सहयोग अस्पताल निर्माणमा  प्रयोग गर्न सांसद भण्डारीको आग्रह
ट्रेन्डिंग न्यूज्

सरकारको सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न सांसद भण्डारीको आग्रह

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
मुख्य समाचार

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.