काठमाडौं । नेपाल भ्रमणका लागि आज (आइतवार) बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
अहिले बालुवाटारमा दुई पक्षबीच संवाद सुरु भएको छ। संवादमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी छन्।
प्रधानमन्त्रीलाई भेट्नुअघि चिनियाँ उच्चस्तरीय टोलीले आइतवारै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरिसकेका छन् भने उनले भोलि (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यसैगरी उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान उनकै निवास बालकोटमा भेटघाट गर्ने गर्ने कार्यक्रम छ। उनको टोलील राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने बुधवार भेटवार्ता गर्ने कार्यक्रम छ। पछिल्लो समय चाइनाबाट नेपाल आउने क्रम बढिरहेको छ ।
।
प्रतिक्रिया लेख्नुहोस्:-