काठमाडौं। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले संसदमा आएर गल्ती स्वीकार्नु सकारात्मक भएको टिप्पणी गरेका छन् ।
एमालेलाई लक्षित गर्दै प्रचण्डले संसद अवरोध किन भनी सोधेकोमा नेम्वाङले भने, ‘उहाँले हामीलाई सोधेको प्रश्न नयाँ होइन । विगतमा उहाँहरु प्रतिपक्षमा बस्दा यही कुरा सत्तापक्षले सम्झाउनुपर्थ्यो । संविधानसभाकालमा त यसरी अवरोध गर्न नपाइने भनी नियम नै बनेको थियो ।’
संसद अवरोध गर्न नियमावलीले अनुमति नदिने भए पनि प्रधानमन्त्रीको अकूटनीतिक र असंवेदनशील राजनीतिक प्रतिवादस्वरुप आफूहरुले अवरोध गरेको उनको भनाइ छ । ‘अवरोध कानुनीभन्दा पनि राजनीतिक कुरा हो, जसलाई उहाँले आज आफैं आएर सम्बोधन गरिसक्नुभएको छ’, नेम्वाङले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-