काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएकोबारे सरकारलाई कुनै जानकारी नरहेको बताएका छन्।
मन्त्री साउदले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै यस्तो प्रष्टीकरण दिएका हुन् । सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको उनले बताए।
‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दुतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ,’ साउदले प्रष्ट पार्दै भने, ‘यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आएपनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन। यसमा अध्ययनको चरणमा छौँ।’
प्रतिक्रिया लेख्नुहोस्:-