काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी सभापतिले गरेका कामकारबाही चित्तबुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको कोइरालाको भनाइ छ ।
‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ । विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यक्रम धेरै राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो,ु उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-