काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले अस्वस्थ प्रतिस्पर्धा गरिरहेको आरोप लगाएका छन् ।
मन्त्री महतले मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको औँल्याए।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको उनले उल्लेख गरे। ‘ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकारजस्तो भयो,’ उनले भने, ‘एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ। यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौँ।’
बैंक तथा वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने, तर घरजग्गा धितो राखेर मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतको भनाइ छ।
प्रतिक्रिया लेख्नुहोस्:-