काठमाडौं । आज बिहान दिवंगत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री तथा उनका श्रीमान् प्रचण्डले सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । प्रचण्डसँगै उनका दुई छोरी रेणु र गंगाले पनि दागबत्ती दिएका हुन् ।
सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो। यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-