काठमाडौं । मंगलबार झिनो अंकले ओरालो लागेको नेप्से बुधबार उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा पुगेको छ । आज ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट नेप्सेले फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ ।
बुधबार झन्डै ३४ करोड रुपैयाँसहित कारोबारको शीर्ष स्थानमा शिवम् सिमेन्ट्स रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-