Friday, June 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भक्तपुर जलमग्न, हजारौं मानिस प्रभावित

असार २९, २०७५ २:२५ मा प्रकाशित
भक्तपुर जलमग्न, हजारौं मानिस प्रभावित
Share on FacebookShare on Twitter

काठमाण्डौं, असार २८

बुधबार बेलुका सुतेका भक्तपुरबासीका आँगन बिहीबार बिहान  ब्यूँझदा जलमग्न भइसकेका थिए। कतिको घर नै डुवान भैसकेको जानकारी बिहानै भिडियाे मार्फत प्राप्त भयो। भक्तपुर डुवानसंगै अरनिको राजमार्ग बन्द भएर दाेलखा, रामेछाप लगाएत अरनिको राजमार्ग भएर जाने यातायातका साधनहरु पुरै ठप्प भए।

लगतार १२ घन्टाको बर्षाले  भक्तपुरको मानिसहरुको  जनजीवन अस्तव्यस्त बनाइदिएको थियो। सयौं घरहरु र साना ठूला सवारी साधनहरु डुवानमा परेपछि यहाँका धेरै बासिन्दा घर बाहिर निस्कन पाएका छैनन्।  घर-बस्ती मात्र नभएर बिद्यालय, कलकारखाना, सडक समेत डुबानमा परेको भक्तपुरका स्थानीय बासिन्दा बिबेकराज थापाले जानकारी दिएकाछन्।  

बाढीबाट प्रभावितहरुको उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्। सुरक्षाकर्मीहरुले जलमग्न घर-बस्तीहरुमा फसेकाहरु करीब २०० जनाको डुंगा मार्फत उद्धार गरेका छन् भने कैयन अरु प्रभावितहरु उद्धारको पर्खाइमा रहेको बताइएको छ।भक्तपुरमा अहिलेसम्म बस्तीहरु डुबानका कारण मानवीय क्षति भएको जानकारी प्राप्त नभएपनि चाँगुनारायणमा भने पहिरोले घर पुरिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको समाचार छ। प्रहरीका अनुसार बालकोट जाने बाटोमा बन्दै गरेको पुल बाढीले बगाएको छ भने अन्य क्षतिको विवरणहरु आउने क्रम जारी छ।

भक्तपुरमा एक तलेघरहुनेहरु प्राय डुबानको चपेटामा परेका छन्। सबै क्षेत्र नै डुबानमा परेपछि वरिपरी ओतलाग्ने र आश्रय लिने ठाउँहरुको समेत अभाव भएको स्थानीयबासीहरुको भनाई छ। जल तथा मौसम अनुमान महाशाखाको त्रिभुवन विमानस्थलमा रहेको मापन केन्द्रले २४ घन्टामा त्यो क्षेत्रमा ९३.६ मिलिमिटर पानी परेको  जानकारी दिएको छ। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुरकै मुख्य दुई खाेला  हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण आसपासका धेरै बस्ती डुबानमा परेको बताए।  हनुमन्ते खोलामा पानीको बहाव बढ्दा दुवाकोट, राधेराधे, लिवाली, सल्लाघारी र मध्यपुर पुरै जलमग्न भएको हो। राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ। नदीलाई छोड्नु पर्नेजति ठाउँ छोडेर मापदण्ड अनुसारका घर नबनाउँदा अहिलेको समस्या आएको स्थानीयबासीहरुको बुझाई छ।भक्तपुरमा जलाधारको प्रवाह हुन सक्ने बहावको सही मुल्याङ्कन नगरी संरचना निर्माण भएकाले भक्तपुर डुबानमा परेको सम्वन्धित विज्ञहरूको भनाई छ।

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result