अमेरिका । नेपाली काँग्रेसको विदेश स्थित निकाय नेपाली जनसम्पर्क समिति अमेरिकामा गैर संस्थापन पक्षले छुट्टै समिति गठन गरेको छ । समितिका पूर्व संयोजक बिष्णु सुवेदी समुहले आइतवार ‘जुम’ भेला मार्फत नयाँ कमिटि गठन गरिएको जनाएको छ ।
नवगठित समितिको सभापतिमा धनन्जयनरसिंह केसी छन् । उनी सन् २०१४ मा टेक्सासमा सम्पन्न एकताको दोस्रो अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति हुन् । टेक्सास अधिवेशनले आनन्द विष्टको सभापतित्वमा नयाँ समिति चयन गरेको थियो । विष्टले सुवेदीलाई हराएका थिए ।
विष्ट नेतृत्वको कार्यसमितिको पदावदी सन् २०१७ मा सकिएको हो । समितिको नयाँ अधिवेशन गर्ने र नगर्ने विषयमा विष्ट पक्ष र सुवेदी पक्ष बीच आरोप प्रत्यारोप चल्दै आएको छ । पुस्त्यौती विवादमा रमाउने विष्ट समुह र सुवेदी समुह बीचमा जुन महिलाको अन्ततिर एक ‘जुम’बैठकमा तँ तँ र म म को स्तरमा आर्लिएर झगडा भएको थियो ।
सो झगडा पछि विष्टले सुवेदीलाई मनोनित केन्द्रीय सदस्यबाट बर्खास्त गरेका थिए । यस्तै सुवेदीलाई थप कारवाहीका लागि तीन दिने स्पष्टिकरण सोधिएको जनाइएको थियो । गैर सस्थापन समुहले मिडियालाई उपलब्ध गराएको विज्ञप्तिमा विष्ट पार्टीको उपल्लो पदमा नियुक्त भएकाले उनको पद खाली भएको तर्क पेश गरिएको छ ।
प्रेस विज्ञप्ति
नेपाली काॅंग्रेसको नियमावली २०
कार्यसमिति
सभापति- धनन्जयनरसिंह केसी
वरिष्ठ उपसभापति- डा. हेम चटौत
उपसभापति- ईश्वर सापकोटा
सागर कॅंडेल
अनन्तराज सुवेदी
प्रतिक पाण्डे
महासचिव सुभाष घिमिरे
सचिव- मुक्ति पन्त
सचिव- खड्ग उप्रेती
कोषाध्यक्ष- क्रान्ति अर्याल
सदस्य- प्रमोद सिटौला
जगन्नाथ गौतम
राम मिश्र
नेत्र केसी
प्रभात सापकोटा
लक्ष्मी त्रिखत्री परियार
भेषबहादुर कॅंडेल
डा. अम्बरबाबु भण्डारी
इन्द्र सिटौला
हरिराज खनाल
विकास थापा
निर्मल थापा
सुरेश हमाल (बेग)
श्रीराम थापा
अनुप अधिकारी
सुमन आचार्य
दीपकराज पन्त
रामकृष्ण भट्ट
राज ढुंगाना
अर्जुन बम
शशीचन्द्र अधिकारी
सल्लाहकार-
विष्णु सुवेदी
रबिना थापा
कृष्ण लामिछाने
भक्त थापा
प्रियरन्जन दाहाल
अमृत सापकोटा
प्रतिक्रिया लेख्नुहोस्:-