काठमाडौं । सरकारको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको महालेखाको प्रतिवेदनले देखाएको छ । अहिलेसम्म सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोड पुगेको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु १५/४६ प्रतिशतले बढेको छ ।
महालेखा कार्यालयले चालु आर्थिक वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको जनाएको छ ।
अघिल्लो वर्षको बाँकी बेरुजु चार खर्ब १८ अर्ब ८५ करोड थियो । उक्त बेरुजुमध्ये ५० अर्ब २९ करोड बराबर मात्रै फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-