काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्र केही कमजोर भए पनि श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन् । उनले बुधबार बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
‘अर्थतन्त्र कमजोर छ, तर ढुक्क हुनुहोस् म दाबी गर्छु नेपाल श्रीलंकाको बाटोमा जाँदैन , हामीलाई पुग्ने स्रोतसाधन देशभित्रै विकास गर्न सकिन्छ,’ उनले भने ।
सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३६४ मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरेको उल्लेख गर्दै भारतसहित बंगलादेशलगायतका देशमा बिजुली बेचेरै महिनामा अरबौँ कमाउन नेपाललाई गाह्रो नभएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-