काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
उनले विहीबार राष्ट्रिय सभाको बैठकमा रक्षा मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भने, ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ । त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, सीमा रक्षाका लागि हामी नेपाली र नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ ।’
राष्ट्रपतिबाट मनोनीत सांसद तथा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाली सेनाले सीमा रक्षा गर्न नसक्ने र छिमेकीसँग युद्ध भएमा टिक्न नसक्ने भन्दै ८०–९० हजार सेना नचाहिने भन्दै संख्या कटौती गर्नुपर्ने बताएकी थिइन् । उनले रक्षा मन्त्रालयमा विदेशी पैसाले चलखेल हुने गरेको पनि आरोप लगाएकी थिइन् । जवाफमा मन्त्री खड्काले नेपालको संविधानले गरेको व्यवस्था, सरकारको निर्णय र आदेशअनुसार चल्न सेना प्रतिबद्ध रहेको बताए ।
ु
प्रतिक्रिया लेख्नुहोस्:-