Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र

असार ३१, २०७५ १:५२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असार / हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो ।

त्यसप्रकारको सांस्कृतिक संग्रहालय बनाउन नेपाल सरकारले सम्बन्धित समुदायसँग सहकार्य गरी तत्काल कार्य आरम्भ गर्न सम्मिलनले ध्यानाकर्षण गराएको छ ।

‘हिमवत् खण्ड कला साहित्य र संस्कृति, विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ को उद्घोषसहित आयोजित सम्मिलनमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमवत् खण्ड संसारको गौरव भएकाले यस भूखण्डमा संसारका १००० भन्दा बढी बोलिने भाषा, यसको प्रकृति, संस्कृति तथा उच्च मानवीय मूल्यको संरक्षण गर्न सङ्कल्प गरेको छ ।

यस प्रकारको सम्मिलनलाई निरन्तरता दिन आवश्यकताअनुसार पालैपालो विभिन्न क्षेत्रमा आयोजना गरी आपसी हार्दिकतालाई अरु प्रगाढ बनाउने एवं हिमवत् खण्डको वैभवलाई विश्वव्यापीकरण गर्ने प्रतिबद्धतासमेत गरिएको छ ।

घोषणापत्र तयारी समितिका संयोजक प्रा केशव सुवेदीले घोषणापत्र प्रस्तुत गर्दै हिमवत् खण्ड एशियाली भेगबाट सिर्जित वैदिक, ताओ तथा बौद्ध वाङ्मय, ज्योतिष विज्ञान, योग एवं आयुर्वेदले यस भेगको चेतनालाई सदैव उँचो पार्दै आएको तथ्यलाई स्वीकार गर्दै ज्ञान तथा चेतनाका ती गौरवशाली परम्परालाई अझ परिष्कृत र परिमार्जित गर्ने प्रस्ताव पारित भएको बताउनुभयो ।

सम्मिलनले नेपालको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहु सांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै यहाँ बोलचालमा रहेका १२३ भाषा तथा तिनसँग जोडिएका संस्कृतिको जीवन्ततालाई आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक ठानेको छ ।

विद्यमान कर्पोरेट विश्वमा प्रविधि उपयोगको नाममा मानवशक्तिलाई विस्थापन गरी रोजगारीको अवसर गुमिरहेको भन्दै सम्मिलनको घोषणापत्रमा भनिएको छ, “मेसिनले मानवशक्तिलाई विस्थापन गर्ने तर थप रोजगारी सिर्जना नगर्ने नाफाखोर प्रवृत्तिको घोर भत्र्सना गर्दै काम गरेर जीवन निर्वाह गर्नुपर्ने वर्गको रोजगारी सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गर्दछ ।”

समापन कार्यक्रममा सम्मिलन सफल बनाउन योगदान गर्नेलाई सम्मानित गरिएको थियो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result