नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी अगस्ट महिनाकाे (१०-११) हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षकाे लागी उम्मेद्वरीकाे घाेषणा गरेका छन् । काठमाडौंमा आयाेजित एक समाराेह बिच उपाध्यक्ष ढकालले आफ्नाे प्यानल सहित उम्मेद्वारीकाे घाेषणा गरेका हुन् । ग्लाेबल आई.एम मी ब्याङ्कका अध्यक्ष रहेका ढकालकाे समुहमा रामचन्द्र सांघाई, उमेशलाल श्रेष्ठ, गुणनिधी तिवारी लगायतका उधमीहरु समाहित छन्। उद्योग बाणिज्य महासंघकाे बिधान अनुसार बरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्काे कार्यकालकाे लागी स्वत अध्यक्ष हुने प्रावधान छ ।
ढकाल समुहका सांघाईले एशाेसियट तर्फकाे , श्रेष्ठले बस्तुगत तर्फकाे र तिवारीले नगर उद्योग तर्फकाे उपाध्यक्षमा उम्मेद्वारी घाेषणा गरेका छन् । यस पटककाे निर्वाचनमा उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्षहरु पनि दुई प्यानलमा विभाजित छन्। यसैगरी उद्योग वाणिज्य महासंघकै अर्का उपाध्यक्ष किशाेर प्रधानले पनि बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घाेषणा गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-