काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ पार्टीप्रति लक्षित गर्दै खहरेबाट बिजुली निकाल्न नसकिने टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले पुरानो नाता सम्बन्धलाई तोडेर नयाँका नाममा खहरेबाट बिजुली निकाल्न नसकिने टिप्पणी गरे । निरन्तर बगिरहेका नदीहरूबाट नै विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने नबिर्सिन उनले नयाँ राजनीतिक दललाई आग्रह गरे ।
महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको उल्लेख गरे । आउँदो साउन २ गते बस्ने बैठकबाट नीति अधिवेशनको मिति घोषणा गरिने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई नवीन बनाउने क्रम सुरु हुने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-