काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सबैको पार्टी भएको बताएका छन्।
सभापति देउवाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताए। उनले नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताए।
‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेष गरी नेपालको राजनीतिमा सबैको भुमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुन आवश्यक छ। त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ।’
प्रतिक्रिया लेख्नुहोस्:-