Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शोधनान्तरमा सुधार

असार ३२, २०७५ ३:५९ मा प्रकाशित
शोधनान्तरमा सुधार
Share on FacebookShare on Twitter

काठमाडौँ, ३२ असार / चालु आर्थिक वर्षको एघार महीनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आवको जेठ मसान्तमा विदेशी विनिमय सञ्चिती रु १० खर्ब ९४ अर्ब पुगेको छ, जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।

आर्थिक वर्ष २०७५÷७६ को कृषि उत्पादन बाँकी अवधिमा हुने मनसुनी वर्षामा निर्भर रहने र समीक्षा अवधिमा पर्यटक आगमनमा वृद्धि हुनाका साथै २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणले गति लिएकाले आगामी दिनमा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकले आज सार्वजनिक गरेको ११ महिनाको आर्थिक अवस्थाका विषयमा जनाइएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु छ खर्ब ७९ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाह भने ०.१ प्रतिशतले बढी रु सात खर्ब ७६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.६ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालू खाता रु दुई खर्ब ९ अर्ब २१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु दुई अर्ब ९९ करोड थियो ।

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । फलस्वरुप अघिल्लो वर्षको एघार महिनामा रु ७४ अर्ब २३ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु चार अर्ब ३४ करोडले घाटामा छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु १५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु १२ अर्ब २७ करोड थियो ।

गत वर्ष असार मसान्तको रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिती चालु आवको जेठ मसान्तमा १.३ प्रतिशतले वृद्धि भई रु १० खर्ब ९४ अर्ब पुगेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती गत आवको असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा गत आवको जेठ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ७८ अर्ब १८ करोड पुगेको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result