Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समृद्धिको समाचार हेडलाइन पढ्ने सपना

असार ३२, २०७५ ४:१९ मा प्रकाशित
मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना
Share on FacebookShare on Twitter

–सुजन पण्डित

“भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ

मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ”

प्रस्तुत कविता अँश हिमवतखण्ड साहित्य कला सम्मेलनका दौरान, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनस्थल मै रचना र बाचन गर्नु भएको कविताबाट लिईएको हो।

प्रधानमन्त्रीज्यूको मर्मस्पर्शी कविताले धेरैको मन छोएको होला। कसैको छोएन भने खगेन्द्र संग्रौलाको छोएन होला! ’राज्य नै मैं हुँ’ भने झैं गरेरै भएपनि सर्वसाधारण जनताको प्रतिनिधी माग बोकेका डा. केसीको मन त नछुने कुरै भएन। कसैले उनलाई जुम्लाको उनको अनसनस्थलमा यो कविता सुनाए कि सुनाएनन् कुन्नि? सुन्न पाएको भए डा. केसी पनि एकछिन् पुलकित् भए होलान्। 

कवितामा पनि देश र जनताको समृद्धि बाहेक केही नेदेख्ने हाम्रा प्रमलाई जनताले प्रत्यक्ष महशुस गर्ने खालको केही काम बिना कुनै घोषणा गर्नलाई के ले रोकेको होला भनेर अचम्म लाग्दैन तपाईंहरुलाई?  प्राधानमन्त्रीका निकटका सल्लाहकार समूह, मन्त्रिपरिषद र उच्चतहका ब्यूरोक्र्याटहरुलाई उनको चाहना थाहा नभएको होला कि वेवास्ता गरेका होलान्? कि प्रम आफैंले म ‘सम्बृद्दीको सपना’को “गफ” दिइरहन्छु, तिमीहरु सुन र कार्यान्वयन पटक्कै नगर भनेका छन्? त्यस्तो हुँदो हो त आफ्नो जीवनकाल पछि पनि भावी सन्तन्तीको हँसिलो मुहार देख्न चाहने थिएनन् होला। हरेक क्षण देश र जनताको भलो बाहेक केही पनि नदेख्ने प्रधानमन्त्रीको चाहना अनुरुप काम हुन के ले रोक्दो होला? यो यक्ष प्रश्नले तपाईं-हामी धेरैको मन अशान्त भएको हुनुपर्छ। यस्तो हुनुमा कि त कर्मचारी संयन्त्र र योजना कार्यान्वयन निकाय निकम्मा हुनु पय्रो, नत्र भने हाम्रा प्रमले देशको हैसियत भन्दा धेरै सपना बाँडेको हुनु पय्रो। 

निद्राबाट ब्यूँझंदा हामीलाई यस्तो भएको देख्न मन छ- प्रधानमन्त्रीज्यू! के त्यस्तो देख्न हामीलाई यही जीवनकाल काफी होला? कि मरेपछि हाम्रो हंशले मात्र देख्ला/सुन्ला??

-जनताको काम बिना झन्झट फटाफट भएको, 

-राज्य संयन्त्र जनताको चाहना अनुरुप चलेको, 

-भ्रष्टाचारको गन्ध आउन थालेका पदाधिकारीहरुलाई रद्दीको टोकरीमा फ्याँकिएको, 

-गगन थापा र विश्व प्रकाशले देउवाको भन्दा ओलीको गुणगान गाएको, 

-डा. केसीले १६ औं अनसन प्रधानमन्त्रीको योजना कार्यान्वयन हुन नदिनेहरुको बर्खास्तीको लागि गरेको,

-संग्रौलाले गाली पुराणको सट्टा प्रधानमन्त्रीका योजना अनुरुप भएका सम्बृद्दीका कथा लेखेको,

-देशभर प्रधानमन्त्रीको असल कामहरुको चर्चा 

-र यस्तो समाचार हेडलाइन;

–आधुनिक नेपालका राजनेता ओलीद्वारा कर्णालीमा ५०० शैयाको जनता शिक्षण अस्पतालको उद्घाटन, डा गोविन्द केसी अस्पतालको प्रमुख नियुक्त,

-डोल्पा र जुम्लामा अत्याधुनिक जडीबुटी प्रशोधन केन्द्र निर्माण कार्य शुरुवात,

-हेटौंडा-काठमाण्डौं सुरुंगमार्ग निर्माण शुरु,

-राजधानीका धारामा चौबिसै घण्टा पानी,

-नौविसे-नागढुँगा सडक-जाम सकियो, नौविसे- रामकोट सुरुंगमार्ग निर्माण शुरु

-देउवाद्वारा प्रधानमन्त्रीको सम्बृद्ध नेपाल अभियानको प्रशंसा,

-रवीन्द्र मिश्र प्रधानमन्त्रीको मुख्य अवैतनिक विकास सल्लाहकार, विवेकशील साझा पार्टी अब प्रधानमन्त्री कै पार्टीमा समाहित,

-बाबुराम भट्टराईको नेतृत्वमा देशका मुर्धन्य अर्थविद र योजनाकारहरुको संलग्नतामा अधिकार सम्पन्न योजना तथा कार्यान्वयन प्राधिकरणको गठन,

-प्रधानमन्त्रीद्वारा महन्थ ठाकुर आगामी राष्ट्रपतिमा प्रस्तावित

-खगेन्द्र संग्रौलाको अध्यक्षतामा नेपाल- समृद्धि साहित्य प्रतिष्ठान गठन,

-गगन थापा र योगेश भट्टराईको नेतृत्वमा युवा उद्यमशिलता प्रबर्द्धन प्राधिकरण गठन,

-सरकारद्वारा जनताको काम गर्न नसकेको आरोप लागेका दश सार्वजनिक संस्थानका प्रमुखहरु बर्खास्त,

-भ्रष्टाचारको आरोप लागेका गृह र यातायात मन्त्री बर्खास्त,

-बैदेशिक रोजगारीमा जाने सबै नेपालीको निःशुल्क जीवन बिमा सरकारले गरिदिने,

-मलेशिया, कतार र साउदी अरेबियामा जाने नेपालीको न्यूनतम पारिश्रमिक एक लाख नेपाली रुपैंया हुने सहमतिमा नेपाल सरकारद्वारा सम्वन्धित देशसंग सम्झौता,

-बैदेशिक रोजगारीबाट फर्केका दशहजार नेपालीहरुले युवा उद्यम विकास प्राधिकरणबाट सहयोग लिएर व्यवसाय शुरु, करीब एकलाख नेपालीले रोजगारी पाउने अनुमान,

-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब उडान र अवतरणका लागि छुट्टा-छुट्टै धावन मार्ग,

-नेपाल संसार कै प्रमुख भ्रमणयोग्य देशमा सूचीकृत,

-सर्लाहीमा अत्याधुनिक कृषी प्रविधी अनुसन्धान केन्द्र, संगठित र एकिकृत कृषी प्रणाली अपनाउने कृषकहरुलाई लगानीको ५० प्रतिशत अनुदान दिइने,

-पोखरा र भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान शुरु, नेपाल एअरलाएन्सका दश जहाजले तत्काल भैरहवा र पोखराबाट अन्तराष्ट्रिय उडान संचालन, 

माथि उल्लेखित सपना लाग्ने तर सहजै यथार्थमा बदलिन सक्ने हेडलाइनको समाचार पढ्न हाम्रै जीवनकालमा पाइएला? कि, चन्द्रागिरी डाँडामा गएर सपनामा देखिएको समृद्धि कविता लेख्दै सन्ततिहरुको हँसिलो मुहारको कल्पना मात्रै गर्ने होला? 

[email protected]

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result