काठमाडौं । आजदेखि काठमाडौं महानगरभित्र कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार अब घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा संकलन गरेर सवारीसाधनसम्म ल्याउनुपर्ने छ। महानगरले आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोरको संकलन गर्ने जनाएको छ।
कुहिने र नकुहिने फोहोर नछुट्याए ल्याएको फोहोर फिर्ता लैजानुपर्ने र कारबाहीस्वरूप नगद जरिवानासमेत तिराउने महानगरपालिकाले जनाएको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवाना गर्ने महानगरको चेतावनी छ।
प्रतिक्रिया लेख्नुहोस्:-