काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचे भन्दा पनि राम्रो भएको बताएका छन् । तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको बताए ।
प्रचण्डले भने–यो भ्रमणलाई भारतमा निकै ठूलो उत्साह र महत्वका साथ हेरिएको रहेछ । यहाँ के चर्चा भयो थाहा छैन तर मैले चाहिँ सोचेको भन्दा राम्रो भयो भन्ने लागेको छ । विमानस्थलमा स्वागतदेखि होटलसम्म पुग्दा जुन स्वागत सत्कार र सुरक्षाको प्रवन्ध गरियो त्यो चाहिँ म प्रधानमन्त्री भएर गएको बेलाको भन्दा फरक लागेन ।
प्रचण्डले भारतमा आफूलाई निकै सत्कार भएको र नेतृत्वसँगको छलफलमा पनि नेपालको हितमा उल्लेख्य कुरा भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-