काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिबाट सुरु हुने केन्द्रीय कार्य समितिको बैठक सुरुबाटै लाइभ गर्न प्रस्ताव गरेका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको सोमबार बसेको बैठकमा उक्त प्रस्ताव गरेको पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा। शशांक कोइरालाले पत्रकारहरुलाई बताए।
‘भोलिको बैठक सुरुमा लाइभ गर्ने कि भन्ने छ। लाइभ गर्दा नेताहरुले आफ्नो हृदयबाट बोल्दैनन् भन्ने पनि कुरा आयो’, उनले भने, ‘भोलिको बैठकमा लाइभ गरेपछि त्यसको प्रतिक्रिया हेरेर निरन्तर गर्ने नगर्ने भन्ने कुरा बैठकमा भएको छ।’ कोइरालाका अनुसार पदाधिकारी बैठकमा सभापति देउवा आफैंले केन्द्रीय कार्यसमिति बैठकमा लाइभ गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-