काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरले फेसबुकमा फोटो पोस्ट गर्दै नेपालका परराष्ट्रमन्त्रीसँग भेट भएको जानकारी गराएका छन् । उनले दुई मन्त्रीहरुबीच आआफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-