Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन ठूला खानेपानी आयोजना सम्पन्न

साउन २, २०७५ ३:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

नवलपरासी, २ साउन / पूर्वी र पश्चिम गरी दुबै जिल्ला नवलपरासीमा ठूला तीन वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा दुईवटा र पश्चिम नवलपरासीको दक्षिणी ग्रामीण क्षेत्रमा एउटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका हुन् ।

क्रमागत रुपमा वर्षनी प्राप्त बजेट अनुसार ती ठूला खानेपानी आयोजना बल्ल आएर सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीका प्रमुख पूर्णबहादुर ज्हारचनले जानकारी दिनुभयो ।

समग्रतामा तीनवटै खानेपानी आयोजना निर्माण सम्पन्न भएकाले ती खानेपानी आयोजना निर्माण भएको आसपासका क्षेत्रमा खानेपानीका लागि निकै सहजता हुने विश्वास लिइएको प्रमुख ज्हारचनको भनाइ छ ।

आर्थिक वर्ष ०६५÷६६ बाट शुरु भएको पश्चिम नवलपरासीको प्रतापपुरस्थित ग्रामीण क्षेत्रको जनसेवा खानेपानी आयोजना रु कूल चार करोड ६० लाख ७८ हजारमा लागतमा सम्पन्न भएको छ ।

सो खानेपानी आयोजनाबाट करीब आठ हजार ७२६ जनसंख्या लाभान्वित हुनेछन् । सो खानेपानी आयोजना यस गाउँपालिकाको विकासका लागि महत्पूर्ण रहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो ।

यसैगरी पूर्वी नवलपरासी जिल्लाको विकट पहाडी क्षेत्र बुङदीकाली गाउँपालिकामा मिथुकरम खानेपानी आयोजना साथै बुलिङटार गाउँपालिका–५ र बुङ्दीकाली गाउँपालिका–५ लाई लक्षित गरी जौबारी खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

पहाडी क्षेत्रमा स्थापना भएका यी दुबै खानेपानी आयोजनाले पहाडी क्षेत्रमा खानेपानी समस्याबारे केही हदसम्म समाधान हुने र अझै धैरे आयोजना आवश्यक रहेको यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०६६÷६६ बाट शुरु भएको पूर्वी नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा अवस्थित मिथुकरम खानेपानी आयोजना रु कूल दुई करोड लागतमा निर्माण भएको छ । सो खानेपानी आयोजनाबाट यस क्षेत्रका करीब चार हजार जनसंख्या लाभान्वित हुनेछन् ।

यसैगरी बुङ्दीकाली गाउँपालिका–५ र बुलिङ्टार गाउँपालिका– ५ मा अवस्थित जौबारी खानेपानी आयोजना रु तीन करोड दुई लाखमा निर्माण सम्पन्न भएको हो । सो खानेपानी आयोजनाबाट यस क्षेत्रका करीब आठ हजार पाँच सय जनसंख्या लाभान्वित हुने छन् ।

पहाडी क्षेत्रमा खानेपानी लिन घण्टांै हिँड्नुपर्ने सबैभन्दा ठूलो समस्या भएकाले यो आयोजनाले केही समस्या समाधान भए पनि पहाडी क्षेत्रमा खानेपानी विस्तारका लागि सरकारले विशेष योजना ल्याउनु पर्ने बुलिङ्टार गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले बताउनुभयो ।

पछिल्लो पटक तीन वटा ठूला खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको क्षेत्रमा नवलपरासी जिल्लाले फड्को मार्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांक छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result