इस्तानबुल, २ साउन / शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० जना यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परेको डुङ्गामा झण्डै १५० जना यात्रु सवार थिए । तीमध्ये झण्डै एक सय जनालाई उद्धार गरिसकिएको छ ।
“दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ, त्यसैगरी २५ देखि ३० जनासम्म हराइरहेका छन्,” एक सुरक्षा अधिकारीले भने ।
गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत् अस्पताल ल्याइएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ । (रासस÷एएफपी)
प्रतिक्रिया लेख्नुहोस्:-