काठमाडौं । सोमबार नेप्से परिसूचकमा दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से १८ं.३ अंकले बढेको हो।
सोमबार कारोबारमा आएका २११ वटा धितोपत्र तथा ऋणपत्रको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। सोमबार बरुण हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशत बढेर २९८ रुपैयाँमा कारोबार भएको छ।
सोमबार मूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड र कुमारी इक्युटी फण्ड रहेका छन्। सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य ५।९० र कुमारी इक्युटी फण्डको इकाइ मूल्य ५।७६ प्रतिशतले घटेको छ। सोमबार शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिद बिक्री भएको छ। कम्पनीको ९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो।
यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ वटा समूहको परिसूचक बढेको छ भने बाँकी २ वटाको घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-