काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिवसहित चार जनाको बन्दी प्रत्यक्षीकरण रिटको मुद्धामा आज पनि सुनुवाइ सकिएको छैन।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइ भोलि (बुधबार) पनि हुने भएको हो। बुधबार पनि यही इजलासमा निरन्तर सुनुवाइ हुने छ। रिट निवेदकका तर्फबाट बहस गर्ने धेरै भएपछि आज सुनुवाइ नसकिएको हो।
असार १२ गते पक्राउ परेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह, धर्मप्रसाद गौतमले असार १३ गते रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
यस्तै सचिव कृष्णबहादुर राउतले पक्राउ परेको तीन दिनपछि असार २७ गते रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनीहरुले रिहाइकबो माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-