काठमाडौं । मिटरब्याज पीडितहरूले सरकारले हालै ल्याएको मिटरब्याज सम्बन्धी नयाँ विधेयक अपूर्ण रहेको भन्दै असन्तुष्टी जनाएका छन् ।
मंगलबार मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरूलाई अपराधीहरूको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।
समितिले नयाँ कानुनले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहु महाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहे पनि अहिले साहु महाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-