काठमाडौँ, ३ साउन ९ / जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई आज काठमाडौँ ल्याइएको छ ।
बीस दिनदेखि अनशनरत डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६:४५ बजे काठमाडौँ ल्याइएको हो । हेटलिकप्टर टुँडिखेलमा अवतरण गराइए लगत्तै डा. केसीलाई नेपाली सेनाकै एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । अहिले डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी वार्डमा राखिएको छ ।
डा. केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल परिसरमा डा. केसीका समर्थक र प्रहरीबीच झडप समेत भएको थियो। झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका छन् भने अस्दापतालका झ्यालका सिसाहरु समेत झडपका क्रममा फुटेका छन्। स्थानीय प्रशासनले जनाए अनुसार प्रदर्शनकारीहरुले प्रहारबाट गम्भीर घाइते एक प्रहरीलाई थप उपचारका लागि नेपालगंज पठाइएको छ।
अस्पताल परिसर भित्र भएको झडपलाई लिएर प्रमुख विपक्षी दल काँग्रेस लगाएत मानव अधिकारवादीहरुले समेत चासो जनाएका छन्। सरकारले अनावश्यक दमन गरेको भन्दै काँग्रेस सभापति शेर बहादुर देउवाले बिरोध जनाएका छन्। उता सरकार भने डा. केसीको बिग्रंदो स्वास्थ्य स्थितिका कारण थप उपचारका लागि उनलाई काठमाण्डौं ल्याइएको बताइरहेको छ। शिक्षा मन्त्री गिरिराजमणी पोखरेलका अनुसार सरकारले डा. केसीको स्वास्थ्य स्थितिलाई ध्यान दिएरै काठमाण्डौं ल्याइएको हो। डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता हो र उनको उपचारपछि मात्र डा. केसीसंग सरकारी वार्ताटोलीले छलफल गर्ने समेत मन्त्री पोखरेलले जानकारी गराएका छन् ।
-रासस
प्रतिक्रिया लेख्नुहोस्:-