काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०को ‘ए’ टोलीलाई पराजित गरेको छ।
बुधबार श्रीलंकाको कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान गरे।
त्यसैगरी, देव खनाल र सन्दीप जोराले समान २४(२४ रनको योगदान दिए। गुल्सन झाले ११ रन जोडे। कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसीले अविजित ८ रन बनाए। कुशल मल्ल २ रनमा अविजित रहे।
बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो। युएईका लागि लभप्रीत सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए।
प्रतिक्रिया लेख्नुहोस्:-