काठमाडौं । यस हप्ता लगातार उकालो लागेको नेप्से आज पनि बढेको छ । आज नेप्से ११ दशमलव १७ अंकले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अंकमा कायम भएको छ।
आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता सेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूह २९ दशमलव ६६, विकास बैंक समूह ४९ दशमलव १५, उत्पादन तथा प्रशोधन समूह ६६ दशमलव २२, म्युचुअल फन्ड शून्य दशमलव ०४ र व्यापार समूह एक सय २८ दशमलव ७८ अंकले बढेको छ। बाँकी अरु समूहको उपसूचक भने घटेको छ।
सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४८ दशमलव ७६ अंकले घटेको छ। त्यस्तै, वित्त १८ दशमलव ६४, होटल तथा पर्यटन ३७ दशमलव ६५, जलविद्युत् १९ दशमलव ६८, लगानी शून्य दशमलव २६, जीवन बीमा समूह ४८ दशमलव ७६, लघुवित्त २० दशमलव ८३, निर्जीवन बीमा एक दशमलव ८९ र अन्य समूह १५ दशमलव ११ अङ्कले घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-