काठमाडौं । प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुनेगरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति सन्तोष चालिसेले चालू आर्थिक वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी मौद्रिक नीति जारी गर्ने निर्देशन दिएको बताए ।
उनले बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुने गरी मौद्रिक नीति जारी गर्नुपर्ने समितिले निर्णय गरेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-