सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा जोडिएका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतले दायर गरेको रिट खारेज गर्दै उनलाई तारेखमा छाडेर अनुसन्धान छिटो सम्पन्न गर्न परमादेश समेत जारी गरेको छ।
सचिव राउतले आफूलाई साधारण तारखिमा छाड्न सर्वोच्चमा रिट दायर गरेका थिए। साथै सर्वोच्चले सुधीर कुमार शाह, टीकाराम घिमिरे, धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङलगायतले दायर गरेका सबै रिट प्रत्यक्षीकरणको रिट खारेज गर्दै अनुस्धानका लागि थुनामै राख्ने आदेश दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-