Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजाको १५ औं साधारणसभाको तयारी अन्तिम चरणमा

साउन ६, २०७९ ८:५७ मा प्रकाशित
नेजाको १५ औं साधारणसभाको तयारी अन्तिम चरणमा
Share on FacebookShare on Twitter

अमेरिकास्थित नेपाली मुलका पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औं साधारणसभा हुने भएको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभा यही आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हुन लागेको हो।

साधारणसभाको मिति नजिकिँदै गर्दा साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्था आवश्यक तयारीमा जुटिरहेको छ। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले यस १५ औं साधारणसभालाई प्राथमिकताका साथ मूलतः संस्थाले गरेका क्रियाकलापहरु, भावी योजनाहरु, आर्थिक गतिविधिहरु, विधान संशोधन, आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यविधि लगायतका विषयहरुमा केन्द्रिकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ। संस्थाका अध्यक्ष विकासराज न्यौपानेले साधारणसभाको तयारीका सम्बन्धनमा जानकारी दिँदै भन्नु भयो, ‘हामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तिब्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौं। सबैले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ। ‘अध्यक्ष न्यौपानेले सरोकारवालाहरुलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भन्नु भयो, ‘यो वार्षिक साधारणसभा निकै महत्वपूर्ण छ। यसलाई संस्थागत रुपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्य तथा सम्बन्धित सबैलाई हामी नेजा परिवार विशेष अनुरोध गर्दछौं।’

संस्थाको लक्ष्य अनुसार यस पटकको साधारणसभा विधान परिमार्जन र आचारसंहिता तयार गर्नमा पनि केन्द्रिकृत हुने भएको छ। जस अनुसार, संघको विधान संसोधनका लागि प्रस्ताव लगिनेछ ।
आम सदस्यहरूसँगबाट राय माग गरी बिधान संसोधन उपसमितिले तयार पारेको ड्राफ्टलाई कार्यसमितिले अन्तिम रूप दिएर साधारण सभामा लग्न लागेको हो ।

पत्रकारितालाई थप व्यवस्थित, मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउन आचारसंहिता बनाउने तयारी गरिएको छ। यस सम्बन्धमा अध्यक्ष न्यौपानेले भन्नु भयो, ‘विद्यमान विधानमा समयानुकूल संशोधन गर्नु पर्ने आवश्यकता महसुस गरिएकोले, त्यसका लागि ठोस काम गर्न उपसमिति समेत गठन गरी आवश्यक तयारीमा जुटिरहेका छौं। सदस्यहरुबाट पनि सुझाव सल्लाहहरु संकलन गरी अन्तिम निर्णयका लागि साधारणसभामा प्रस्तुत गर्ने गरी काम भैरहेको छ।’ अध्यक्ष न्यौपानेले दिनु भएको जानकारी अनुसार यस साधारणसभाले पत्रकारिता आचारसंहिता पारित गरी अक्षरशः कार्यान्वयनका लागि निर्देशन गर्ने भएको छ। अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले सामुदाियक पत्रकारितामा बढि केन्द्रिकृत भएर नेपाल र नेपालीको पहिचान तथा उथ्थानमा यथासक्य महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन्।

संघका महासचिव सुरज भण्डारीले दिनु भएको जानकारी अनुसार दुइ दिने साधारणसभाको कार्यक्रम मुख्य गरी उद्घाटनसत्र, बन्दसत्र र समापन गरी तीन चरणमा सञ्चालन गरिने भएको छ। साधारणसभाको उद्घाटन पश्चात वन्दसत्रमा, संस्थागत गतिविधिहरु समेटिएको महासचिवको प्रतिवेदन र आर्थिक कारोवारहरु समेटिएको कोषाध्यक्षको प्रतिवेदन उपर आवश्यक छलफल गरिने र पारित गरिने छ भने, यस्तैं विधान उपर आवश्यक छलफल गरी संशोधन गरी पारित गरिने कार्यतालिका तयार गरिएको छ।महासचिव भण्डारीले भन्नु भयो, ‘साधारणसभामा मुख्यगरी महासचिव र कोषाध्यक्षहरुले प्रस्तुत गर्नु हुने प्रतिवेदनहरु उपल छलफल गरी पारित गरिने छ।’ उहाँले भन्नु भयो,‘यो साधारणसभालाई विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यबिधिमा पनि विशेष रुपमा केन्द्रिकृत गर्ने छौं।विद्यमान विधान उपर आवश्यक छलफल गरी आवश्यकता अनुसार संशोधन समेत गर्ने छौं भने, पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउन आचारसंहिता तयार गर्ने छौं।’ संस्थाले विधान संशोधनका लागि आवश्यक तयारी गर्न भनी, यस अघि नै गिरिश पोखरेलको संयोजकत्वमा, सदस्यहरु कल्पना घिमिरे, सुजन पण्डित, गोकुल श्रेष्ठ, प्रतिमा बाँस्कोटा, रामचन्द्र भट्ट र मधुकर अधिकारी रहेको सात सदस्यीय विधान संशोधन उपसमित गठन गरेको थियो। सोही जिम्मेवारी अनुसार विधान संशोधन उपसमितिले पनि तिब्रताका साथ आफ्नो जिम्मेवारीको काम गरिरहेको महासचिव भण्डारीले जानकारी दिनु भयो। उहाँले भन्नु भयो, ‘संस्थाले वितरण गर्ने पुरस्कार र योगदानको कदर स्वरुप गर्ने सम्मानलाई व्यवस्थित गर्न पुरस्कार तथा सम्मान विनियमावली पारित गर्ने तयारी छ।’

सन् २००७ मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरुलाई समेटेर वार्षिक वुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ। त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ। साधारणसभाको तयारीका सम्बन्धमा नेजाका पश्चिम क्षेत्रका संयोजक तथा कन्भेनर शिव नेपालले दिनु भएको जानकारी अनुसार तयारी अन्तिम चरणमा पुगेको छ।

संघका सदस्य तथा पाहुनाहरुको स्वागत, खाना तथा बसाइ र कार्यक्रम स्थलको व्यवस्थापन कार्य लगभग पुरा भैसकेको छ। कन्भेनर नेपालले भन्नु भयो, ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतका लागि हामी आतुर छौं। सबैलाई पाल्नु हुन अनुरोध छ।’

यसैबिच, संघले आफ्नो साधारणसभाको अवसर पारेर आमा फाउण्डेशनसंगको सहकार्यमा एकहजार एक सय एघार डलर एघार पैंसा राशीको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको संघले जनाएको छ। त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशिल पत्रकार तथा सञ्चार सम्वद्ध संस्थाहरुलाई आव्हान समेत गरेको छ।

सम्बन्धित समाचार

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी
Breaking News

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

रास्वपा सरकारबाट नहट्ने प्रचण्डको दावी
Breaking News

रास्वपा सरकारबाट नहट्ने प्रचण्डको दावी

एमालेले खल्तीबाट निकालेको राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई स्वीकार्य हुन्न : गगन थापा
Breaking News

एमालेले खल्तीबाट निकालेको राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई स्वीकार्य हुन्न : गगन थापा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की
Breaking News

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता
Breaking News

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.