काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको सरकार बीपी कोइरालाको नीतिबाट प्रेरित रहेको बताएका छन् ।
मन्त्री खड्काले शनिबार बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बीपी कोइरालाको सिद्धान्त अनुरूप भएको दाबी गरे ।
बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरूले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताएका छन् । बिपी कोइरालाको सिद्धान्त अनुरूपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनको दाबी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-