काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा सिँधै राजनीतिक संलग्नता रहेको भन्ने आरोप असत्य रहेको दावी गरेका छन् ।
गौतमले शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सुन तस्करीमा सँधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुनेसमेत बताए ।
आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको जिकिर गरे । गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रसंसा गरेकोसमेत दाबी गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-