काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।
उनले विराटनगरमा पत्रकारसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । सभापति लामिछानेले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’
उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।
अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए । वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-