काठमाडौं । विमानस्थल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ।राजस्व अनुसन्धान विभागको टोलीले उनीहरुलाई आइतबार हिरासतमा लिएको हो।
निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्।
भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। उनीहरुलाई छानबिनको दायरा बढाउन समातिएको विभागका एक अधिकारीले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-