Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आन्दोलनको पर्वाह नगरी उपचारमा समर्पित छन्ः भक्तपुर अस्पतालका चिकित्सक

साउन ८, २०७५ ३:३२ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, ८ साउन / “अस्पतालमा हडताल होला, उपचार नपाइएला कि भन्ठानेको थिए तर भक्तपुरमा त त्यस्तो रै’नछ, उपचार गरेर फर्कदैछु”– काभ्रे देउपुर मण्डनबाट स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पताल आउनुभएकी ४८ वर्षीया सीता शर्माले खुसी व्यक्त गर्दै भन्नुभयो ।

अस्पतालमा हडताल छ भन्ने सुने पनि रोगले दुःख दिएपछि अस्पताल आएकी उहाँले भन्नुभयो, “हामी गरीबले जाने सरकारी अस्पताल नै हो, गएपछि जे होला भनेर श्रीमान्ले भन्नुभयो, अनिसँगै आयाँै, एक घण्टा मै डाक्टरलाई देखाउने पालो आयो ।”

अस्पतालमा हडताल छ भनेर केही समाचार माध्यमले समाचार बनाएकै भरमा बिरामीहरु अस्पताल नआई घरमै बसिरहेको भक्तपुर अस्पताल आएका प्रकाश तामाङले बताउनुभयो । श्रीमती राधिकालाई भाइरल ज्वरोले थलिएको तीन दिनपछि भक्तपुर अस्पताल आउनुभएका काभ्रे नैचालका प्रकाश खड्काले आज भने श्रीमतीको उपचार गराउन पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भाइरल ज्वरोले गाउँमा चार जना बिरामी छन्, अस्पताल बन्द छ भनेर एफएममा सुनियो, होइन पो रैछ, अस्पताल आएपछि थाहा भयो, गाउँमा गएर सबैलाई उपचार गर्न अस्पताल पठाउँछु ।”

भक्तपुर अस्पतालकी सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बिरामीको उपचार गर्न पाउने अधिकारलाई अस्पतालले कुण्ठित नपारेको बताउनुभयो । उहाँले भन्नुभयो–“आन्दोलन आफ्नै ठाउँमा छ, आन्दोलन भनेर अस्पताल आएका बिरामीको उपचार नगरी फर्काउनु त भएनन् नी, त्यसैले उपचार गराएका छौँ ।”

अस्पतालमा कुनै पनि सेवा बन्द नभएको बताउँदै उहाँले भन्नुभयो–“अस्पतालमा नियमित रुपमा बहिरंग, अन्तरंग सेवा सञ्चालन भइरहेको छ, ल्याब, एक्सरे, प्रसूतिसेवादेखि शल्यक्रियासम्मको सेवा संचालन भइरहेको छ ।”

डा गोविन्द केसीको अनशनको विषयलाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेपनि भक्तपुरका अस्पतालमा त्यसको प्रभाव परेको छैन ।

डा देवकोटाले भक्तपुर अस्पतालमा एक्सरे, ल्याबलगायतका सेवामा बिरामीको चाप बढेको बताउँदै अस्पताल आउने बिरामीले उपचार नपाई फर्कनु पर्ने अबस्था भने नआउने स्पष्ट पार्नुभयो ।

भक्तपुरकै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि निरन्तर सेवा प्रवाह भइरहेको छ । मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने बिरामीको अत्यधिक चाप बढेको यस अस्पतालमा कुनै पनि सेवा नरोकिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जीवन रक्षाका लागि उपचारमा आएका बिरामीलाई हामी डाक्टरले कसरी फर्काउन सक्छौँ, हाम्रो धर्म नै उपचार गर्ने हो, उपचारमा तल्लीन छौँ ।” संघले घोषणा गरेको आन्दोलनप्रति यहाँका चिकित्सकको समर्थन रहेकाले दुई दिन बाहिर खुल्ला चौरमा बिरामीको स्वास्थ्य परीक्षण गरे पनि तेस्रो दिनदेखि भने नियमित रुपमा सबै सेवा संचालन भएको हो ।

आन्दोलनका नाममा बिरामीलाई उपचारबाट वञ्चित गराउनु चिकित्सकको धर्म विपरित र गलत कदम भएकाले संघको मागप्रति मौन समर्थन जनाउँदै सेवा संचालन गरेको केन्द्रका चिकित्सकको भनाइ छ ।

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालमा पनि निर्बाध रुपमा सेवा सञ्चालन भइरहेको छ । शुरुको एक दिन उपचारमा केही प्रभाव परेपनि दोस्रो दिनदेखि नियमित रुपमा स्वास्थ्य परीक्षण भइरहेको छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले अस्पतालमा कुनै सेवा बन्द नगरी ओपिडीदेखि शल्यक्रिया समेतको सेवा संचालन भइरहेको बताउनुभयो ।

बाल अस्पतालको रुपमा परिचित सिद्धि स्मृति अस्पतालले पनि सेवा संचालन गरिरहेको छ । अस्पताल संचालन समितिका अध्यक्ष श्यामसुन्दर धौभडेलले चिकित्सकको आन्दोलनमा समर्थन भएपनि सेवा भने नरोकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिरामीले उपचार पाउनु उसको अधिकार हो, उपचार नै नपाई बिरामीको ज्यान जाने अवस्था सिर्जना गर्नु हुदैन, त्यसो गर्नु ठूलो अपराध हो, त्यसैले विरोध आफ्नै ठाउँमा छ, उपचार आफ्नै ठाउँमा छ, उपचार निरन्तर चलिरहन्छ ।”

यता मध्यपुरथिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरियामैत्री अस्पतालमा पनि स्वतस्फूर्त रुपमा डाक्टरहरुले बिरामीको उपचार गरिरहनुभएको छ । आन्दोलनका क्रममा शुरुको एक दिन आकस्मिक कक्ष मात्रै संचालन गरेपनि अर्को दिन अस्पतालका निर्देशक डा ज्ञानकृष्ण कायस्थले अस्पतालका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै यहाँका चिकित्सक नियमित सेवामा फर्किएका हुन् ।

भक्तपुरका अधिकांश अस्पतालका चिकित्सक बिरामीको ज्यानै जाने गरी आन्दोलन गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । यहाँका अस्पतालमा विरामीको स्वास्थ्य परीक्षण गर्दै गरेका चिकित्सकले मानिसको जिन्दगीसँग खेलबाड गर्नेगरी आन्दोलन गर्नु गलत भएको प्रतिक्रिया दिँदै आन्दोलनको शैलीलाई परिवर्तन गर्दै अस्पतालमा हुने हडताल सधैँका लागि बन्द गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result