काठमाडौँ, ९ साउन / नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।
पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा आज बसेको बैठकले हालै वृद्धि गरिएको विभिन्न शुल्क तथा करले सर्वसाधारण जनतालाई मार पर्ने हुँदा समाजवादी अर्थतन्त्र निर्माणको अवरोध पुग्ने बैठकले ठहर गरेको छ ।
मुलुकमा बढ्दै गएको बेरोजगारी र महँगीप्रति संवेदनशील भई बजार नियमन गरेर उपभोग्य वस्तु आपूर्तिलाई सहज र व्यवस्थित गर्न बैठकले सरकारलाई आग्रह गरेको छ । आन्तरिक सांगठनिक तथा समसामयिक राष्ट्रिय राजनीतिको समीक्षा गर्दै बैठकले अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । रासस
प्रतिक्रिया लेख्नुहोस्:-